स्थानियले पाउने माथिल्लो तामाकोशीकाे शेयर रोक्न आयोजना नै सक्रिय

 पब्लिक संवाददाता      शनिबार, चैत्र १०, २०७४      0

दोलखा १० चैत । दोलखालीले पाउने १० प्रतिशत शेयर बितरणकोे काम रोक्न माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले जिल्ला समन्वय समितीलाई पत्र मार्फत अनुरोध गरेकोछ संघर्ष समितीले उठाएको मागहरु ब्यवस्थापन नभए सम्म नेपाल धितोपत्र बोर्डबाट बिवरण– पत्र स्वीकृत प्राप्त नहुने भएकोले स्थानियले पाउने दश प्रतिशत शेयर बितरणकोे काम रोक्न आयोजनाले जिल्ला समन्वय समितीलाइ आग्रह गरेको हो । तामाकोशी जलबिद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले द्धारा हस्ताक्षरित पत्रमा दोलखाका राजनैतिकदलका प्रतिनिधि र निर्वाचित जनप्रतिनिधिहरुको उपस्थितीमा जिल्ला समन्वय समितीमा बसेको गत भदौ ६ गतेको बैठकले तय गरेको कार्यविधि नमान्दै बिगु र गौरिशंकर गाउँपालिकाले सबै वडालाई क वर्गमा राख्नु पर्ने राखेको माग र जिल्ला स्तरीय शेयर सरोकार संघर्ष समितीले उठाएका मागहरु ब्यवस्थापन नभए सम्म नेपाल धितोपत्र बोर्डबाट बिवरण– पत्र स्वीकृत प्राप्त नहुने हुदा शेयर बितरणकोे काम रोक्न अनुरोध गरेको छ । यता माथिल्लो तामाकोशी आयोजनाको पत्रलाई बेवस्ता गरि संघिय तथा प्रादेशिक सांसदहरु, प्रमुख राजनैतिक दलका प्रमुखहरु, स्थानीय तहका प्रमुख तथा अध्यक्ष सहितको उपस्थितिमा जिल्ला समन्वय समिती दोलखाका बसेको बैठकले ‘माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा जिल्लावासीलाई सुनिश्चित गरिएको १० प्रतिशत सेयर वितरण प्रक्रिया पूर्व निर्णय अनुसार गर्ने सहमती गरेको छ । परिवारको एक जनाको नाममा बैंक खाता भएमा त्यसैका आधारमा परिवारका सबै सदस्यले सेयर दरखास्त गर्न पाउने व्यवस्था गर्न आयोजना र धितोपत्र बोर्डलाई अनुरोध गर्ने निर्णय गरिएको स्थानीय समन्वय अधिकारी तुलसीप्रसाद गौतमले बताए । उनले भने सेयर संकलनका लागि सहज वातावरण सिर्जना गर्न स्थानीय तह र बैंकसँग समन्वय गरी जिल्लाको ७४ ओटै वडामा एक÷एक ओटा सेयर संकलन केन्द्रको व्यवस्था मिलाउन अनुरोध गर्ने समेत निर्णय भएको छ । दोलखावासीको लागि जारी गर्ने १० प्रतिशत सेयर विदेशमा रहेकाहरुले परिवारको बैंक खाताबाट किन्न पाउने भएको गौतमले बताए । एक जनाको नाममा बैंक खाता भएमा त्यसैका आधारमा परिवारका सबै सदस्यले सेयर दरखास्त गर्न पाउने व्यवस्था गर्न आयोजना र धितोपत्र बोर्डलाई अनुरोध गर्ने निर्णय गरेको हो । जिल्लाको समग्र आर्थिक विकासमा महत्वपूर्ण प्रभाव पर्ने लामोसाँघु–जिरी सडकखण्डको खाडीचौर–चरिकोट सडकखण्ड तुरुन्त सम्पन्न गर्न प्रधानमन्त्री सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सम्वद्ध आयोजनाको ध्यानाकर्षण गर्ने समेत निर्णय भएको जिल्ला समन्वय समिती दोलखाले जनाएको छ । यता जिल्ला स्तरीय शेयर सरोकार संघर्ष समितीले शनिबार पत्रकार सम्मेलन गरि १० प्रतिशत शेयर बितरणमा क वर्ग, ख वर्ग, ग वर्ग बनाई ३ हजार देखि ३० हजार रुपैया विचको ठुलो अन्तर राखि नागरिकलाई विभक्त बनाएको सच्याउन आग्रह गरेको छ । गरिवहरू जसले पैसाको जोगावट गर्न सक्दैन उनीहरूलाई शेर प्रमाण पत्र घितो राखेर शेयर दिने ब्यबस्था मिलाउने पूर्व सहमतीको कार्यन्वयन गर्न अनुरोध गरेको छ नागरिकहरुले शेयर आवेदन गर्दा प्रवेश मार्गले छोएको तथा प्रशारण लाइनको क्षेत्र परेका प्रत्यक्ष रुपले अति प्रभावित नागरिकलाई समेत अन्यायपूर्ण ढङ्गले सामान्य प्रभावितको रुपमा (ख) बर्गमा राखेको छ । उनीहरुलाई (ख) वर्गाबाट (क) बर्गामा राखियोस। साथै(ग) बर्गका सम्पूर्ण ब्यक्तिहरुलार्य (ख) वर्गमा राखियोस्। “२०७४ भाद्र ६को बैठकले गरिबमारा र जनविरोधी निर्णय गरेकोले तत्काल सच्याएर प्रतिब्यक्ति बढिमा १० हजार रुपैयासम्म मात्र हाल्न सक्ने ब्यवस्था गर्न शेयर सरोकार संघर्ष समिती अनुरोध गरेको छ । शेयर आवेदन गर्न आर्थिक रुपमा विपन्न ब्यक्तिहरुका लागि प्रमाणपत्र धितो राखी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड जमानी वसी ऋण÷कर्जा प्रदान गाराउने ब्यवस्था गर्ने। कर्जा उपलब्ध गराउन सम्बन्धित बैंकहरुसंग समन्वय र सहजिकरण अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले गर्ने भनिए पनि सो सहमती लतारेकोले शेयर सरोकार संघर्ष समितीले जनाएको छ । यदी माग पुरा नगरे माथिल्लो तामाकोशीका सवारी साधन चल्न रोक लगाउने, रिले अनशन बस्ने, जिल्ला बन्द गर्ने जस्ता आन्दोलनका ९ सुत्रीय कार्यक्रम घोषणा गरेको शेयर सरोकार संघर्ष समितीका अध्यक्ष बर्मा लाममाले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।