दोलखा ८ चैत । केवलकार निमार्णको कारण पबित्र धार्मिक स्थल कालिञ्चोकको जलकुण्ड सुक्दै गएकोछ ।
मन्दिर आसपासमा ठुला ठुला खाल्डो हुने गरिे ढुङ्गा झिकेको कारण जलकुण्ड सुस्कदै गएकोले स्थानीयवासीहरु धार्मिक सम्पदा रक्षाका निमित्त अपिल गर्दै जिल्ला प्रशासन कार्यालयमा आईपुगेका हुन ।
भुकम्पले चिरा चिरा भएको जमिनमा व्यक्तीगत स्वार्थका लागी धार्मिक सम्पदा नै संकटमा पार्ने गरि केवकार संचालकले दर्शनार्थीहरुलाई समेत आवतजावतमा बाधा पुग्ने गरि बाटो अबरुद्ध पारेको स्थानिय समाजसेवी नरबहादुर पाख्रिनले बताए ।
पाख्रिनले भने “मन्दिर जाने बाटोमा छेकी ग्याविङ्ग वाल लगाएको , सिडीहरु भत्काएको ,स्थानीयका चौरी, भेडा,चौपाय,ओहोर दोहोर गर्न नसक्ने गरि बाटो अबरुद्ध पारेकोले तत्काल यि समस्याको समधान नगरे केवलकार निमार्ण कार्य रोक्ने स्थानीवासी तयार छौं । ”
कालिञ्चोक गाउँपालिका ६ लापीलाङ्गका सार्कीमान थामीले भने केवलकार निमार्णको बिरोध हाम्रो होइन सम्पदा नै मास्ने अनी परापूर्वकाल देखी चल्दै आएको रितिरिवाज नै सक्ने गरि झाँक्री नाच नाच्दै दर्शन गर्न समेत नसक्ने गरि बाटो अबरुद्ध गरेकोले तत्काल निमार्ण गरि सहज बनाई दिन अनुरोध गदै जिल्ला प्रशासन आएको हौं ।
२०१५ साल देखी राष्ट्रिय जंगल भएको र २०५३ सालमा दोलखा जिल्ला भर नापी हुदा राष्ट्रिय जंगलमा नापी भएको कालिञ्चोक क्षेत्रलाई गुठीको जग्गा बनाएकोमा स्थानीयवासीले आपत्ती जनाउदै आएकाछन । स्थानिय कृष्ण पाख्रिनले तत्कालिन गाविस प्रमुख लगायत सारा स्थानीयवासीले आपत्ती जनाउदा आप्mनो स्वार्थमा तत्कालीन प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकको दवाव राष्ट्रिय जंगललाई गुठी बलित्तनाएको आरोप लगाएकाछन ।
यता कालिञ्चोक १ का तारा मगर भन्छन गुठीका नाममा मन्दिरको भेटी, व्यवासायीहरु संग उठाएको रकम कपोकल्पीत गुठीयार र मालपोत कार्यालयका कर्मचारीहरुको मिलेमतोमा हिनामिना भएको छ । किन खोज्दैन स्थानिय प्रशासन भनेर प्रमुख जिल्ला अधिकारकिोमा आएका हौ मगरले भने । मन्दिर भत्किए छ ,जिर्णोदार गर्ने ध्यान मात्र पनि जान सकेको छैन उठाएको रकम खै आक्रोसित भएर उनले भने । कालिञ्चोकमा केवलकारको संरचना कहाँ कहाँ बन्ने हो र दृश्य ,अदृश्य संचालककोे नाम सार्वाजानिक गर्न समेत स्थानीय अपिल गरेकाछन ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण बिक्रम थापाले भने नागरिकमा पर्ने गएको समस्या लाई समधान गर्न सरोकारवालाहरु संग छलफल अगाडी बढाउने छु । धार्मिक सम्पदालाई मास्ने अधिकार कसैलाई छैन सत्यतथ्य पत्ता लागाई आबश्वक परे कानुनी कार्वाही समेत अगाडी बढाउने प्रजिअ थापाले बताए ।