दोलखा ५ चैत । नेपाल बिद्यार्थी संघ दोलखाले एसइइ परिक्षा तयारीको लागी बिद्यार्थीहरुलाई निशुल्क कोचिङ्ग संचालन गर्दै आएकोमा यस बर्षको कोचिङ्ग सोमबार समापन गरेको छ । मुलुक परिवर्तनको लागी संवाहकको भुमिका निर्वाह गदै आएको गौरवशाली संगठन नेपाली बिद्यार्थी संघले प्रजातन्त्रका अनुयायी बिद्यार्थीहरुलाई शैक्षिक क्षमता अभिवृद्धीका लागी निशुल्क कोचिङ्ग संचालन गरेको हो । तरुण सहिद हेमन्त प्रधान स्मृति निशुल्क कोचिङ्गमा जिल्लाका दुई सय छात्रछात्राहरुको एक महिना सम्म सहभागीता रहेको नेपाल बिद्यार्थी संघ दोलखाका अध्यक्ष भीम खड्काले बताए । हाल सम्म जिल्लाका ४ हजार बिद्यार्थीहरुले नेबिसंघ द्धारा आयोजित निशुल्क कोचिङ्गमा अध्यायन गरेका नेपाल बिद्यार्थी संघका अध्यक्ष खड्काको दाबि छ । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती दोलखाले तेह् बर्ष देखी निशुल्क कोचिङ्ग संचालन गरी दोलखाको शैक्षिक इतिहासमा संघले महत्वपुर्ण भुमिका खेल्दै आएको नेपाली कांगे्रस दोलखाका सचिव सन्तोष रिमालले बताए । निशुल्क कोचिङ क्लास सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली कांगे्रसका नेता बर्मा लामाले जेहेन्दार , विपन्न वर्गका छात्रछात्रालाई लक्ष्यित गरि एस इइ परिक्षमा उत्कृष्ठ नतिजा हाँसिल गराई नेपाली शैक्षिक बजारमा बिक्ने क्षमता भएका जनशक्ति उत्पादन गर्न अनवरतरुपमा नेबिसंघले काम गरि रहेको बताए । बिद्यार्थीहरुलाई आप्mनो अधिकारका बिषयमा पोख्त बनाई समाजमा रही आएका बिकृती बिसंगती समाप्त पार्ने क्षमता नेबिसंघले बनाएको नेता लामाको दाबि छ । नेपाल विद्यार्थी संघ नेता सेरफ लामा भने बिद्यार्थी साथीहरुलाई एक महिना अघि देखी अंग्रेजी बिज्ञान र गणित बिषयमा अध्यापन गराएका छौं । बिद्यार्थी नेता लामाले भने गणीत राजेस बस्नेत, बिज्ञान अजिक कुमार झा र अंग्रेजी दिपक शर्मा ले अध्यापन गरेकोले उहाँहरुलाई कार्यक्रममा सम्मान समेत गरेका छौं । निशुल्क कोचिङ्गका संयोजक राजन बस्नेतले भने बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि नेबिसंघको निशुल्क कोचिङ्गमा पढ्ने बिदार्थी साथिहरुले उत्कृष्ठ नतिजा ल्याउने छन । ईमान्दार, लगनशिल साथीहरुको निशुल्क कोचिङ्गमा सहभागीता रहेको समेत संयोजक बस्नेतले बताए । नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष भीम खड्काको सभापतित्वमा सम्पन्न निशुल्क कोचिङ्ग कार्यक्रमलाई जिल्ला शिक्षा अधिकारी गीता घिमिरे लगायतले सम्बोधन गरेका थिए ।