पब्लिक संवाददाता
आइतवार, चैत्र ४, २०७४
0
काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित भएकी छिन् । आइतबार संघीय संसद भवन नयाँबानेश्वरमा भएको चुनावमा वाम गठबन्धनका उम्मेदवार दाहाल ४५ मतका साथ विजयी भएकी हुन् ।
माओवादी तर्फबाट प्रदेश २ प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वा्चित भएकी हुन् । दाहालले प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत मात्रै पाइन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत विभाजन प्रक्रियामा उपस्थित भएका थिए ।
संघीय संसदको सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संबैधानिक व्यवस्था रहेको छ ।