पब्लिक संवाददाता
आइतवार, चैत्र ४, २०७४
0

काठमाडौं,४ चैत । एनसीसी बैंकमा मर्जर भएको एपेक्स बैंकको करिब दुई अर्ब रुपैयाँ घोटाला काण्डमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नागरिक लगानी कोषका सहायक म्यानेजर छविरमण अधिकारी छन् । उनी तत्कालिन एपेक्स बैंकको सञ्चालक थिए । यसअघि घोटालामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत, काठमाडौंबाट बैंकिङ कसुरमा म्याद थप गरेर अनुसन्धान थालिएको सीआईबीले जनाएको छ ।