सनराइज बैंकका कर्मचारीहरु र स्ट्रिट चिल्ड्रेन वल्र्ड कपका प्रतियोगीबीच मैत्रीपूर्ण खेल

 पब्लिक संवाददाता      आइतवार, चैत्र ४, २०७४      0

काठमाडौं ४  चैत्र । सनराईज बैंकका कर्मचारी र क्तचभभत ऋजष्मिचभल ध्यचमि ऋगउ, द्दण्ज्ञड का प्रतियोगीहरु बीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

रसियाको मस्कोमा मे १०, २०१८ मा आयोजना हुन गईरहेको अठार वर्ष मुनिका फुटबल खेलाडीहरु बीच हुन लागेको सडक बालबालिकाहरुको क्तचभभत ऋजष्मिचभल ध्यचमि ऋगउ, द्दण्ज्ञड मा नेपाल २२ वटा देशहरु मध्य छनोटमा पर्न सफल भएको थियो । यिनै नेपालको प्रतिनिधि गर्ने “टिम नेपालका” प्रतियोगीहरुको हौसला बढाउन सनराइज बैंकले बैंकका कर्मचारीहरु र टिम नेपालका प्रतियोगीहरु बीच मैत्रीपूर्ण खेल सातदोबाटो स्थित एन्फाको खेल मैदानमा मैत्रीपूर्ण खेल भएको हो । उक्त मैत्रीपूर्ण खेलमा नेपालको प्रतिनिधि गर्ने टिम नेपाल ६–० को अन्तरले बिजयी भयो ।

कार्यक्रममा बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादब, कर्मचारीहरु लगायत शेल्टर आश्रय नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सडक बालबालिकाहरुलाई उचित तालिम र अन्य सहयोग शेल्टर आश्रय नेपाल नामक गैर सरकारी संस्थाले पुर्याउदै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।