मूल्य बृद्धि फेरि उक्लिन थाल्यो, खाद्यान्नको भाउ बढेको बढ्यै, तराई सबैभन्दा महँगो

 पब्लिक संवाददाता      आइतवार, चैत्र ४, २०७४      0
काठमाडौं। मूल्य बृद्धि दरमा फेरि दवाव सुरु भएको छ। गत बर्ष माघमा ३.३ प्रतिशत रहेको मूल्य बृद्धि यसपाली पाँच प्रतिशत पुगेको छ।
खाद्य बस्तुको मूल्यमा भएको बृद्धिका कारण मूल्य बृद्धि बढेको राष्ट्र बैंकले जनाएको छ। आइतबार देशको आर्थिक सुचकांकहरु सार्बजनिक गर्दै राष्ट्र बैंकले खाद्य बस्तुको मूल्य बृद्धि चार प्रतिशतले बढेको जनाएको छ। गत बर्ष मूल्य बृद्धि दर ०.२ प्रतिशतले ऋणात्मक थियो।
गैरखाद्य बस्तुको मूल्य बृद्धि ५.८ प्रतिशत पुगेको छ। तराईमा मूल्य बृद्धि ५.६ प्रतिशत, हिमालमा ५.४ प्रतिशत, पहाडमा ५.१ प्रतिशत र काठमाडौंमा चार प्रतिशतले मूल्य बृद्धि बढेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।