पब्लिक संवाददाता
आइतवार, चैत्र ४, २०७४
0
काठमाडौं, ४ चैत।जिम्बाब्बेमा भएको आईसीसी विश्वकप क्रिकेटमा नेपालले पाएको एकदिवसीय अन्तराष्ट्रिय मान्यताले यती बेला खेलाडीमा थप हौसला प्राप्त भएको छ ।यद्यपी अन्तिम खेलमा नेदरल्याण्डसँग पराजित भएर आठौं हुन पुगेतापनि नेपाली खेलाडीले ‘एकदिवसीय मान्यता पाउनु पनि खुशीको कुरा भएको बताएका छन् ।
कप्तान पारस खड्काको भनाईअनुसार निलम्बनमा रहेको नेपाल क्रिकेट संघलाई फुकुवा गर्नृ पर्ने,खेलाडी हरुको स्तरोन्नतीको साथै भौतिक पूर्वाधार राम्रो बनाउन सके अझ बढी प्रगती गर्न सक्नेमा बिश्वस्त देखिन्छन् ।
पारस भन्छन् ‘एक दिन हामी टेष्ट नेशन बन्छौं । हुनसक्छ यसका लागि ८-१० वर्ष लाग्ला ।