काठमाडौं, ११ माघ।अमेरिकाको एक अदालतले अमेरिकाका ओलम्पिक जिम्नास्टिक्स टिमका पूर्व डाक्टर लरी नस्सारलाई यौन शोषणको आरोपमा १७५ वर्षको जेल सजाय सुनाएको छ।
१ सय ६० जना पीडितको बयानपछि अदालतले उनलाई जेल सजाय सुनाएको हो। नस्सारले माफी माग्ने प्रयास गरे पनि न्यायाधीशले अस्वीकार गर्दै जेल सजाय तोकेका हुन्।
नस्सारले कयौं युवतीलाई यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले जेल सजाय दिएको हो। उनले कतिपय ओलम्पिक खेलाडीलाईसमेत यौन दुव्र्यवहार गरेको पुष्टि भएको छ।
५४ वर्षीय नस्सारलाई यसअघि पनि बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा ६० वर्षको कैद सजाय सुनाइएको थियो।
न्यायाधीश रोजमेरी अकिलिनाले सजायँ सुनाउँदै नस्सारको कडा आलोचनासमेत गरेका छन्। उनले पीडित महिलाको कुरा सुन्दा उनीहरुको सम्मानका लागि पनि नस्सारलाई ठूलो सजाय दिनुपरेको बताए।
उनले नक्सार जेलभन्दा बाहिर राख्न लायक व्यक्ति नभएको समेत बताए। पीडित महिलाहरुसँग अदालतले एक हप्तादेखि बयान लिएको थियो ।
अन्तिममा नस्सारलाई पनि आफ्ना भनाई राख्ने मौका अदालतले दिएको थियो।(एजेन्सी)