काठमाडौं,११ माघ । प्रदेशमा आएका र आउने भीआईपीका लागि तत्काल करिब दुई सय गाडी आवश्यक पर्ने भएको छ।
प्रदेश प्रमुखको कार्यालयमा रहने सचिव, सहसचिवलाई समेत गरी करिब दुई सयवटा गाडी व्यवस्थापन गर्नु परेको हो।
एकै पटक ठूलो संख्यामा गाडी किन्नु परेपछि सात प्रदेश प्रमुखलाई बल्ल बल्ल स्कोर्पियो गाडी खोजेर पठाएको गृहमन्त्रालय सकसमा परेको छ । भीआईपीको गाडी व्यवस्थापन गर्ने जिम्मेवारी पाए पनि अहिले गृहसँग स्टक गाडी छैन।
केही सयमभित्रै सातै प्रदेशमा आउने मुख्यमन्त्री, मुख्यमन्त्रीको कार्यालयमा रहने प्रमुख सचिव, सचिव र तीनजना सहसचिवलाई गरी कम्तीमा ४५ वटा, प्रदेशका सात मन्त्रालयका मन्त्रीलाई कम्तीमा ४९ तथा सचिवलाई ४९ वटै गाडी चाहिने गृहले जनाएको छ ।
सातै प्रदेशमा सभामुख र उपसभामुखलाई गरी १४ वटा गाडी चाहिने भएको छ । प्रदेशसभा सञ्चालन गर्ने सचिव तथा कर्मचारीका लागि पनि दर्जनौं गाडी चाहिने गृहको निष्कर्ष छ। –अन्नपूर्ण पोस्ट दैनिकबाट