जेष्ठ तथा अपांग नागरिकले पाए न्यानो कपडा

 पब्लिक संवाददाता      मङ्लबार, माघ ९, २०७४      0

चरिकोट ९ माघ। गौरीशंकर गाऊपालिका वडा नं-६  चंखुका जेष्ठ तथा अपंगता भएका नागरिकले  न्यानो कपडा पाएका छन्।

वडा अध्यक्ष पेम्बा शेर्पाको सकृयतामा सोही वडाका जेष्ठ नागरिक तथा अपांगता भएका ब्यक्तिहरुलाई  आज एक कार्यक्रम गरि  ज्याकेट बितरण गरेका छन्।

हिमाली भेग र बढ्दो जाडोलाई ख्याल गर्दै, वडा कार्यलयले वजेट नै विनियोजन गरी जम्मा १५० जनालाई  ज्याकेट  बितरण गरिएको वडा सचिव  डासीराम रेग्मीले जानकारी दिएका छन्।
सोही कार्यक्रममा स्थानिय स्वास्थ चौकीबाट खटिएका चिकित्सकले स्वस्थ्य सेवा पनि  प्रदान गरेको रेग्मीले बताए।

कार्यक्रममा गौरीशंकर गाउँपालिकाको प्रमुख सोयम बहादुर खड्का, उपप्रमुख ऊर्मिला थामी, वडा प्रतिनिधिहरु र स्थानीय बासीको उपस्थित थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।