दोलखा ९ माघ। महिन्द्रा बलेरो पिकप दुर्घटनामा परि घाईते भएको एक बालको मृत्यु भएको छ।
दुर्घटनामा परि गम्भीर रहेका बालकलाई थप उपचारका निम्ति काभ्रेपलान्चोक स्थित धुलिखेल अस्पताल पुर्याइएको र उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। निकै अबेर होस अाएको नानी मैयाको भने धुलिखेल अस्पतालमै उपचार भईरहेको छ।
कालिञ्चोक मन्दिर तर्फ जाँदै गरेको बा १२ च ८७७१ नम्बरको बलेरो हिजो बेलुका ४:३० वजे भीमेश्वर नगरपालिका-१ आडारेमा दुर्घटना हुदा ४ जना घाईते भएका थिए।
दुर्घटना परी बलेरो चालक कालिञ्चोक गाउँपालिका-२ का निमा शेर्पा, बिगु गाउँपालिका-९ निवासी वर्ष ३५ की चन्द्रकुमारी तामाङ, रामेछाप जिल्ला प्रिति गाउँपालिका-९ निवासी बर्ष २५ की नानी मैया तमाङ र उनको एक महिने छोरा घाईते भएका थिए।
घाईत मध्ये नानी मैय र उनका छोरा गम्भीर रहेकोले प्रथामिक स्वास्थ्य केन्द्र दोलखामा सामान्य उपचार गरेर थप उपचारका लागि रिफर गरिएको थियो।
अर्की ईतेलाई भने सामान्य उपचार पश्चात् घर पठाएको र चालक शेर्पालाई भने प्रहरी हिरासतमा राखेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।
प्रहरीकानुसार गाडि सडकबाट झण्डै २० मिटर तल खसेको छ।