मलेसियामा र खाडी मुलुक बर्षमा ९५७ नेपाली कामदारको मृत्यु

 पब्लिक संवाददाता      मङ्लबार, माघ ९, २०७४      0
फाईल तस्बिर

काठमाडौं, ९ माघ। कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा बर्ष दिनको अवधिमा खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको छ।

खाडी तथा मलिसियास्थित नेपाली दुताबासका अनुसार सन् २०१७ मा हृदयघात, सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले नेपालीको ज्यान गएको हो।

मृत्यु हुनेमा ३२ जना महिला छन्। दुताबासका अनुसार यस अवधीमा सबैभन्दा बढी मलेसियामा ३ सय ५४ जनाको मृत्यु भएको छ।

साउदी अरबमा २ सय ८३, कतारमा १ सय ६९ संयुक्त अरब इमिरेट्समा २१, ओमनमा ७, बहराइनमा ६ तथा साइप्रस र सिरियामा एक÷एक नेपाली कामदारको मृत्यु भएको छ।

आत्महत्या र सडक दुर्घटनाबाहेक स्वास्थ्यमैत्री जीनशैली नहुँदा र नियमित स्वास्थ्य परीक्षण सुविधा नपाउँदा हृदयघातका कारण ज्यान जानेको संख्या बढी छ। –कान्तिपुर दैनिकबाट

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।