बसन्तपुर पुगेर राष्ट्रपति र प्रधानमन्त्रीले वसन्त श्रवण गरे

 पब्लिक संवाददाता      सोमवार, माघ ८, २०७४      0

काठमाडौं,८ माघ । श्रीपञ्चमीका अवसरमा काठमाडौंको हनुमानढोकास्थित वसन्तपुर दरबारमा वसन्त श्रवण गरिएको छ।

वसन्तपुरस्थित नासलचोकमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरिन्। यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पनि वसन्त श्रवण गरे।

उनीहरुले बिहान ११ बजेर १७ मिनटको शुभसाईतमा वसन्त श्रवण गरेका हुन्। उनीहरुलाई हनुमानढोकाका मूल पुजारी देवराज अर्यालले वसन्त श्रवण गराएका हुन्। वसन्त श्रवणमा मन्त्रीलगायत उच्च अधिकारी पनि सहभागि थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।