अत्याधुनिक ड्राइ क्लिनर्स चरिकोटमा सञ्चालन हुँदै

 पब्लिक संवाददाता      आइतवार, माघ ७, २०७४      0

चरिकोट ७ माघ। चरिकोट ड्राई क्लिनर्स पा.लि.ले नयाँ व्यवस्थापनका साथमा सोमबारदेखि  ड्राइ क्लिनर्स सञ्चालनमा ल्याउने भएको छ।

सदरमुकाम चरिकोटको भौगोलिक, सामाजिक र दैनिक व्यस्त जीवनलाई दृष्टिगत गरी चरिकोट ड्राइ क्लिनर्स सुरु गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ।
चिसो मौसम र सुख्खायाममा पानीको हाहाकारका बेला अधिक व्यस्त जीवनशैलीलाई सघाउन सेवामुखी व्यवसायको रुपमा ड्राइ क्लिनर्स सञ्चालन गर्न लागिएको चरिकोट ड्राइ क्लिनर्स प्रालिका अध्यक्ष अर्जुन बुढाथोकीले जानकारी दिए।

ड्राई क्लिनर्सले चरिकोट र आसपासको क्षेत्रका होटल, लज, रिसोर्ट,हस्पिटल,होस्टेल,व्यस्त कर्मचारी,व्यापारी  र गृहिणीहरुलाई सुविधा दिने, उनको भनाई थियो। ‘क्लिनर्समा हाललाई ड्रई क्लिनिङ, डायईङ, रफु, आइरन, ड्यानर्स लगाएतको सुविधा हुनेछ।’ बुढाथोकीले भने।

भारतको पञ्जाव तथा चीनको गोन्जाउ प्रान्तबाट आधुनिक मेशिन ल्याई सुरु गरिएको कम्पनीको लगानी ७२ लाख रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

कम्पनीले हाल ६ जनालाई रोजगारी दिएको र कम्पनी पूर्ण रुपमा सञ्चालनमा आउँदा थप ८ जनालाई रोजगारी दिन सक्ने बताइएको छ। कारखानाबाट दैनिक ५५० केजीसम्म कपडा प्रशोधन गर्न सक्ने क्षमता छ।

एक साताका लागि कम्पनीले ‘ओनिङ अफर’ राखेको छ। अफर अवधिमा १५०० रूपैयाँ बराबरको कपडा धुलाई गरेमा ‘मेम्वरसिप कार्ड’ उपलव्ध गराइने र सो कार्डमार्फत एक वर्षसम्म धुलाईमा २० प्रतिशत छुट हुने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।