चरिकोट ७ माघ। सर्वोच्च शिखरबाट संसरलाई एउटा महान सन्देश सुनाउने उद्देश्य सहित गौरीशंकर सिमिगाउँकी छोकी शेर्पा सगरमाथा चढ्ने भएकी छिन्।
‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने मुल नाराका साथ आगामी चैत २७ गते देखि राजधानीबाट सगरमाथाको यात्रामा लाग्ने भन्दै, आज उनले चरिकोटमा पत्रकार सम्मेल गरि जानकारी गराएकी हुन्।
रोजगारीको सिलसिलामा आफू चार वर्ष दक्षिण कोरिया बसेको र त्यहाँ बुद्ध भारतमा जन्मेको भ्रामक सुचनाहरु सुन्नदा मनै देखि दुःख लागेकोले, बुद्ध नेपालमै जन्मेको सन्देश विश्वको सर्वोच्च शिखरबाट विश्वलाई सुनाउने प्रणका साथ, आफू आरोहणमा लागेको शेर्पाले बताइन्।
“शिखरमा पुगेपछि ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको झण्डा फरफराउनुको साथै गायक धिरज राइले गाएको ‘बुद्ध वाज बर्न इन नेपाल ‘ भन्ने बोलको गीत एक मिनेट बजाउनेछ” उनले भनिन्।
विदेशमा गएर विभिन्न हिंसामा परी प्रताडित नेपाली दिदीबहिनीहरुलाई आफ्नै आफ्नै देश फर्किएर देशको पर्यटन विकास र रोजगारी सिर्जना गर्ने अभियानमा जुट्ने साहस मिलोस भन्ने चाहाना समेत आफुमा रहेको छोकीले भनिन्।
आरोहणको क्रममा उनिसंग काभ्रेकी शर्मिला तामाङ साथी रहनेछन् भने पाएनियर एड्भेन्चर प्रालि कम्नीले ब्रान्ड स्पोन्सर गरि सहयोग गर्ने कुरा उनले कार्यक्रम बताइन्।
पर्वतारोहण क्षेत्र आफैंमा महंगो रहेको र आफ्नो आर्थिक अवस्थाले नधान्ने हुदा,अभियानमा चुनौती रहेकोले दोलखाका स्थानीय सरकार,संघसंस्था,दोलखाबासी सहित विदेशमा रहेका नेपालीहरुबाट सहयोगको अपेक्षा राख्दै सहयोग आव्हान समेत गरेकी छिन्।
नेपाल पर्वतारोहण बोर्डको रेकर्ड अनुसार हालसम्म सगरमाथामा ४ सय जना विदेशी महिलाले पाइला टेक्दा जम्मा २५ जना नेपाली महिलाले मात्रै शिखर चुम्न सफल भएका छन्।