काबुलको होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त, दुईको मृत्यु, पाँच जना घाइते

 पब्लिक संवाददाता      आइतवार, माघ ७, २०७४      0

काठमाडौं,७ माघ। अफगानिस्तानको काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त हुँदा दुई जना बन्दुकधारी मारिएका छन्।

होटलमा प्रवेश गरेका बन्दुकधारीले आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीको कारबाहीमा उनीहरुको मृत्यु भएको हो।

घटनामा पाँच जना घाइते भएका छन्। होटलमा प्रवेश गरेका ती बन्दुकधारीले पाहुनामाथि अन्धाधुन्ध गोली प्रहार गर्दा भिडन्त भएको हो।

घटनापछि होटल खाली गराइएको छ भने होटल वरिपरिको सुरक्षा ब्यबस्था कडा बनाइएको छ। घटनाको जिम्मेवारी कसैले लिएको छैन।

सोही होटलमा सन् २०११ मा तालीवानी बिद्रोहीले आक्रमण गरी २१ जना पर्यटकको ज्यान लिएका थिए। (एजेन्सी)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।