
काठमाडौं ६ माघ।भारतीय वादशाह सलमान खान उपस्थित हुने ‘द व्याङ टुर नेपाल’ को कन्सर्टमा ५० हजार दर्शक उतार्ने आयोजकले जानकारी दिएको छन् । काठमाण्डौं टुँडिखेलमा फागुन २६ गते हुने उक्त कार्यक्रमको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सलमानका भाई सोहेल खानले सलमान नेपाल आउन लागेको बताए ।
सलमानको सुरक्षा, बस्ने ठाउँ र कन्सर्ट हुने स्थानको व्यवस्थापनका लागी शुक्रबार सोहेल नेपाल आएका हुन। उनले नेपालको सुन्दरताको वर्णन गर्दै भने, ‘कार्यक्रमको निम्तो आउनेवित्तीकै हामीले रुची देखाएका हौं, कार्यक्रमको व्यवस्थापन गर्न झण्डै १ वर्ष लाग्यो।’
१४ वर्षको उमेरमा शैक्षिक भ्रमणका लागी नेपाल आएका सोहेल भन्छन्, ‘नेपालको सुन्दरताले मलाई उतिवेलानै मोहनी लगाएको थियो।’ सोहेलले सलमानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सानोन, डेजी शाह, मिट ब्रदर्स, मनीष पल लगायतका कलाकार पनि नेपाल आउने बताए। यद्यपी उनी कैटरिना कैफ आउने नआउने विषयमा भने केही वोलेनन्।
ओडीसीका सीमान्त गुरुङले कन्सर्टबाट संकलित रकम समाज सेवामा खर्चिने बताए। उनले भने, ‘भूकम्प र नाकाबन्दिपछि नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुगोस भनेर कन्सर्ट गर्न लागेका हौं।’ सोहेल खान इन्टरटेन्मेन्ट र जेए इभेन्टको सहकार्यमा नेपाली इभेन्ट कम्पनी ओडीसी इन्टरटेन्मेन्टले कार्यक्रम आयोजना गर्न लागेको हो।