पब्लिक संवाददाता
शनिबार, माघ ६, २०७४
0
काठमाडौं ६,माघ। पार्टी एकताको गृहकार्यमा रहेका एमाले र माओवादी केन्द्रबीच पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रिया अघि बढ्न सकेको छैन।
पद बाँडफाँडमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नै कुरा मिल्न नसक्दा एकता प्रक्रियाले गति लिन नसकेको हो। आजकोनेपाल समाचारपत्रमा खबर छ ।
निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रबीच एकपटक मात्र एकता संयोजन समितिको बैठक बसे पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन ।
एमाले अध्यक्ष ओली निवासमा शुक्रबार (हिजो) भएको तीन घण्टाको छलफलमा पनि ओली र प्रचण्डबीच कुनै समहति जुट्न सकेन।
वान टु वान छलफलमा पद बाँडफाँडकै विषयमा केन्द्रीत भएर छलफल भए पनि सहमति जुट्न नसकेको बताइएको छ।