पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ताको निर्मम हत्या

 पब्लिक संवाददाता      शुक्रबार, माघ ५, २०७४      0

काठमाडौं, ५ माघ । पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ता मारिएका छन्।

दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो।

३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी रिजवानालाई मोटरसाइकलमा आएमा बन्दूकधारीले हत्या गरेका हुन्।

बच्चालाई पोलियो खुवाउँदै गरेका समयमा दुबै जनालाई गोली हानिएको थियो। कुन आपराधिक समूहले हत्या गरेको भन्ने खुलेको छैन।

यसअघि पनि पाकिस्तानमा पोलियो खोप खुवाउनेविरुद्ध आतंकवादी समुहले हत्या गर्दै आएका थिए।

पोलियो खुवाएर मुसलमानलाई नपुंसक बनाउने षडयन्त्र पश्चिमाहरुले गरेको भन्दै उनीहरु यस अभियानविरुद्ध लागेका छन्।

आतंकवादीकै कारण पोलियो अभियान सफल नभएका तीन देश मध्ये पाकिस्तान पनि एक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अरु दुई देशमा नाइजेरिया र अफगानिस्तान रहेका छन् । (एजेन्सी)

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।