पब्लिक संवाददाता
बिहिबार, माघ ४, २०७४
0
काठमाडौं,४ माघ । विवादास्पद खेलमा नर्वीच सिटीलाई हराँउदै चेल्सी एफए कप फुटबलको चौथो चरणमा पुगेको छ।
चेल्सीको मैदानमा भएको खेलको निर्धारीत ९० मिनेटमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुग्यो।
थपिएको समयमा चेल्सीका पेड्रो र मोराटा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ जनामा समेटियो।
यसपछि टाई ब्रेकरमा नर्वीच सिटीलई ५-४ ले हराँउदै चेल्सी चौथो चरणमा पुगेको हो।
खेलको क्रममा रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भि.ए.आर.)को सही उपयोग नगरेको भन्दै आलोचना गरिएको थियो ।
एफए कप फुटबलका अन्य खेलहरुमा बर्नमाउथलाई हराउँदै विगान एथ्लेटिक तथा उल्भरह्याम्पटन वान्डरर्सलाई हराँउदै स्वान्सी सिटी चौथो चरणमा पुगेका छन्।