७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी तोकेसँगै डोटीमा तनाव

 पब्लिक संवाददाता      बुधबार, माघ ३, २०७४      0

डोटी ३ माघ । सरकारले ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी तोकेसँगै डोटीमा तनाव उत्पन्न भएको छ।

मन्त्रिपरिषदको बुधबार अपराह्न बसेको बैठकले प्रदेश–७ को अस्थायी राजधानी कैलालीको धनगढी तोकेको हो।

सो निर्णयसँगै दिपायलमा पुनः आन्दोलन चर्किएको छ। सयौंको संख्यामा सडकमा उत्रिएका आन्दोलनकारीहरुले सुरक्षा निकायका गाडीहरुलाईसमेत रोक लगाएका छन्। उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।

आन्दोलनकारीहरुले होटल र पसलहरु बन्द नगरिए तोडफोड गर्ने चेतावनी दिएका छन्। चोकचोकमा टायर बालेर उनीहरुले प्रदर्शन गरिरहेका छन्।

डोटेलीले प्रदेश–७ को राजधानी दिपायलमा कायम हुनुपर्ने माग राख्दै विगत २२ दिनदेखि विभिन्नखाले आन्दोलनका कार्यक्रम जारी राखेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।