तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा! दोलखा,रामेछाप र रसुवालाई अपायक 

 पब्लिक संवाददाता      बुधबार, माघ ३, २०७४      0

काठमाडौँ ३ माघ। सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी काठमाडौं उपत्यकालाई छोडेर मकवानपुरको हेटौंडामा राख्ने निर्णय गरेको छ। सरकारमा रहेका उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाको अडानकै कारण अस्थायी मुकाम हेटौंडा राखिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधानमन्त्री थापाको अडानका कारण काठमाडौं उपत्यकालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोक्ने प्रस्तावलाई सच्याउँदै मकवानपुर तोक्ने निर्णय भएको हो।

राजनीतिक स्वार्थमा केन्द्रित भई, देशको भुगोललाई ख्यालै नगरि अवैज्ञानिक ढंगले राजधानी तोक्दा दोलखा रामेछाप र रसुवा जिल्लालाई टाढा हुने देखिएको छ। अन्य प्रदेशको राजधानीका विषयमा मन्त्रीहरूले आफ्नो स्वार्थ अनुसार प्रस्ताव राखे पनि प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्दै आफ्नो प्रस्ताव अनुसार निर्णय गरेका हुन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।