चरिकोट ३ माघ। दोलखाको जिरी नगरपालिकामा अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारी माघ १९ र २० गते ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७४’ हुने भएको छ।
“लाटोकसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौ” भन्ने मुल नाराका साथ युवा सञ्जाल जिरी र फ्रेन्ड्स अफ नेचरको संयुक्त आयोजनामा महोत्सव हुन लागेको कुरा, आज चरिकोटमा पत्रकार सम्मेल मार्फत आयोजकले जानकारी गराएका छन्।
नेपालमा सातौ पटक हुनलागेको उत्सबको सह-आयोजकको रुपमा,जिरी नगरपालिका,गौरिशंकर संरक्षण क्षेत्र परियोजना र जिरी प्रविधि शिक्षालय रहने
आयोजक समितिका संयोजक केन्द्रज्योति खड्काले बताए।
विश्वभरि २२५ जातका लाटोकोसेरा मध्य २३ जातका लाटाकोसेराहरु नेपालमा पाईने, जस्मा ९ प्रजाती दुर्लभ, ३ प्रजातिको बारेमा जानकारी कम पाईएको र दुई प्रजाती लोप भईसकेको फ्रेन्ड्स अफ नेचरका निर्देशक राजु आचार्यले बताए।
“राति मात्रै सकृय हुने यो चरा शिकारी चरा हो र यस्को मुख्य आहार मुसा भएकोले, मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले यस्लाई किसानको वास्तविक साथी पनि भन्ने गरिएको छ।”आचार्यले भने।
लाटोकोसेराको एक परिवरले (भाले,पोथी र बच्चाहरु) एक सिजनमा ३००० वटासम्म मुसा खाने गर्ने गरेको उनको जिकिर थियो।
धार्मिक हिसाबले समेत लाटो कोसेरोहरुलाई देवी लक्ष्मीको वाहान मन्ने गरेकोले पर्यावरणलाई सन्तुलित राख्न पनि यिनको मुख्य भुमिका रहन्छ र यिनको उपस्थितीले प्रकृति स्वस्थ छ भन्ने संकेत गर्छ भन्ने कुरालाई धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाईन्छ।
दिउँसो कम आँखा देख्ने यो चराको राति देख्ने र सुन्ने क्षमता अत्यन्तै राम्रो हुने कुरा विज्ञहरू बताउछन्।
गैडालगायतका वन्यजन्तुहरुकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेपछि यिनको संरक्षणमा पनि आफुहरु लागि परेको आयोजक पक्षको दावी छ।
प्रकृतिका साथीहरू नामक संस्थाले ३५ वटा जिल्लामा गरेको प्ररम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २००० वटासम्म लाटाकोसेराहरु तथा हुचीलहरु मारिने तथा विभिन्न मुलुकहरूमा अवैध रुपमा पठाईने गरेको भेटिएको छ।