दैनिक १४ हजार मोबाइल सेट विदेशबाट आयात

 पब्लिक संवाददाता      बुधबार, माघ ३, २०७४      0

काठमाडौं, ३ माघ। मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उल्लेख्य बृद्धि भएको छ।

सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो २१ महिनामा झण्डै ८८ लाख ५९ हजार मोबाइल सेट आयात भएका छन्।

उक्त संख्यालाई प्रतिदिन हिसाब गर्दा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेको देखिन्छ। प्राधिकरणले २०७३ वैशाख १ मा मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न सुरु गरे यता सोमबार सम्ममा एक करोड ७७ लाख १९ हजार साय सय ४८ आईएमईआई नम्बर दर्ता भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए।

अधिकांश मोबाइल सेटमा दुई वटा आईएमईआई नम्बर हुने भएकाले अहिलेसम्म यसको आधा गर्दा झण्डै ८८ लाख ५९ हजार नौ सय ७४ वटा मोबाइल सेट आयात भएको देखिन्छ। ‘पछिल्लो तथ्यांक हेर्दा मासिक झण्डै चार लाख २० हजार मोबाइल सेट भित्रिरहेका छन्,’ अर्यालले भने । –नागरिक दैनिकबाट

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।