पदमको ‘माया छ रुमालैमा’ (भडियो)

 पब्लिक संवाददाता      मङ्लबार, माघ २, २०७४      0

काठमाडौं । किराँतीहरूको नयाँ वर्ष ‘यले दुङ’ ५०७८ को अवसर पारेर पदम थुलुङ राईको ‘माया छ रुमालैमा’ बोलको म्युजिक भिडीयोे सार्वजनिक भएको छ। गीतमा किराँती समाजमा रहेको विवाह संस्कारलाई उतारिएको छ।
मागी विवाहको परम्परा र प्रेम सम्बन्धलाई भिडीयोेमा प्रस्तुत गरिएको छ। गणेशकुमार राईको शब्द, पदम थुलुङ राईको संगीत र संयोजन रहेको गीतमा सरला राई र पदमको स्वर रहेको छ। त्यसैगरी म्युजिक भिडीयोेको निर्देशन तथा छायांकन युवराज राईले गरेका छन्।
भिडीयोेमा सेसुुका राई, पवन राई, निर्मला पुलामी मगर, वसन्त राई, दिनेश राईलगायतको अभिनय रहेको छ। भिडीयोलाई खोटाङको लामिडाँडा लगायतका रमाइला ठाउँहरूमा छायांकन गरिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।