१० जिल्लाका विद्यार्थीलाई पिठोको सट्टा पोषणयुक्त चामल खुवाउने

 पब्लिक संवाददाता      सोमवार, माघ १, २०७४      0

काठमाडौं, १ माघ। शिक्षा मन्त्रालयले माघ पहिलो सातादेखि विद्यार्थीलाई पिठोको सट्टा पोषणयुक्त चामल खुवाउने भएको छ।

दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको शिक्षाका लागि खाद्य कार्यक्रमले नयाँ स्वरुपमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागेको हो । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा २०५२ मन्त्रालय अन्तर्गत शिक्षाका लागिथ खाद्य परियोजना संचालनमा छ ।

परियोजनाका कार्यकारी निर्देशक विष्णुप्रसाद भण्डारीका अनुसार डोटी, अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला, दैलेख, जाजरकोट र रुकुममा यो कार्यक्रम सञ्चालनमा छ । ती जिल्लाका बालबालिकाले विद्यालयमा दैनिक खाजा खान पाउने व्यवस्था गरिएको छ ।

विद्यार्थीले खाजाका रुपमा हरेक दिन ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम वनस्पति तेल तथा दुई ग्राम आयोडिनयुक्त नुन पाउने छन् ।

शिक्षा विभागले १८ जिल्लामा दिवा खाजा कार्यक्रम सुचारु राखेको छ । वार्षिक पठन पाठन हुने एक सय ८० दिनका निम्ति उक्त कार्यक्रम लागू छ । विद्यार्थीले खाजाको सट्टा एकमुष्ट नगद नै पाउने व्यवस्था गरिएको छ । हिमाली जिल्लाका बालबालिकाले दैनिक २० रुपैयाँ र अन्य जिल्लाका बालबालिकाले दैनिक १५ रुपैयाँका दरले पाउने विभागका कार्यक्रम तथा बजेट शाखाका अधिकृत अर्जुन ढकालले बताए । –कान्तिपुर दैनिकबाट

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।