चरिकोट २९ पुस। दोलखा जिल्ला फुटबल संघको अध्यक्षमा गोविन्द श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।
जिल्ला फुटबल संघको चौथो जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत निर्वाचित भएका हुन्।
त्येसै गरि वरिष्ठ उपाध्यक्षमा राजेश थाप,अन्य दुई उपाध्यक्षमा जय बहादुर श्रेठ र बलराम जिरेल निर्वाचित भएका छन्।
उपाध्यक्ष पदको भने निर्वाचन भएको थियो।
त्यसै गिर महिला सदस्यमा शान्ति कार्की र खुल्ला सदस्य तर्फ बाबुकाजी बस्नेत, निला कुमार श्रेष्ठ, यम बहादुर थामी, पवन खड्का,शंकर श्रेष्ठ, लालबहादुर तामाङ,अशोक तामाङ र रोशन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत दिपशंकर चौलागाईंले बताए।
चौलागाईंले भने, “अखिल नेपाल फुटबलसंघको केन्द्रीय समितिको निर्वाचनमा प्रमुख प्रतिनिधि ( मताधिकार सहितको) बाबुकाजी बस्नेतलाई दिने सहमति पछि, उपाध्यक्ष पद बाहेकका सबै पद सर्वसम्मत भएको हो।”
“सहमति अनुसार नव निर्वाचित कार्य समितिको पहिलो बैठकले नै बस्नेतलाई मताधिकार सहितको प्रमुख प्रतिनिधि निर्णय गरि पठाएको छौ” अध्यक्ष श्रेष्ठले बताए।
त्यसै गरि बैठकले महासचिवमा कौरव पाण्डे र कोषाध्यक्षमा विपिन श्रेष्ठलाई मनोनीत गरेकोे उनले बताए।
अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष विरबहादुर खड्काको रहोवरमा निर्वाचन सम्पन्न भएको थियो।