१० हजार कर्मचारीले स्वेच्छिक अवकाश लिने

 पब्लिक संवाददाता      शनिबार, पुस २९, २०७४      0

काठमाडौं, २९ पुस।  निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशको अवसर दिएपछि करिब १० हजार कर्मचारीले जागिर छोड्ने सम्भावना देखिएको छ। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

सरकारले स्वेच्छिक अवकाशको तयारी गरे पछि ८ देखि १० हजार कर्मचारीले निवृत्तिभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले बताए।

निजामती कर्मचारीले एकमुष्ठ रकम पाउँदा राज्यलाई करोडौं व्ययभार पर्ने आँकलन गरिएको छ।

सरकारी सेवामा ५० वर्ष उमेर पुगेका र २० वर्ष सेवा अवधि पार गरेका कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।