पब्लिक संवाददाता
शुक्रबार, पुस २८, २०७४
0
काठमाडौं, २८ पुस। शुक्रबार पनि सुनको मूल्य उकालो लाग्ने क्रम जारी रह्यो।अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य बिहीबार तोलामा ४०० ले उकालो लागेर तोलाको ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको भाउ भने तोलाको ७५० रुपैयाँमा स्थीर रह्यो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ३२ डलर हाराहारीमा कारोबार भएको थियो।