पब्लिक संवाददाता
शुक्रबार, पुस २८, २०७४
0
![](https://publicpati.com/wp-content/uploads/2018/01/1515763837acidents-final.jpg)
धुलिखेल,२८ पुस। काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–११ बाँसघारीमा शुक्रबार अपराह्न ट्रकले स्कुटरलाई ठक्कर दिँदा धुलिखेल नगरपालिका–९ का राजकुमार ठकुरीको मृत्यु भएको छ।
धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा.५९ प. ८९५१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना.६ ख. १९४३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
ठकुरीको उपचारका क्रममा धुलिखेल सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहाहुर थापाले बताउनुभयो।