दाेलखा २८ पुस । कृषि विकास बैंक दाेलखाले भाखा नाघेका ऋणीकाे नाम सार्वजनिक गरेपछि एकै पटक १२ जनाले ऋण तिरेको छन।
तीन दिनमा करिब१८ लाख असुली भएकाे कृषि बिकास बैंकले जनाएको छ।
गत पुस ५ गते भाखा नाघेका ऋणीहरू नाम सार्वजनिक गरेपछि एकै पटक ऋण बुझाउन अाएकाे कृषि विकास बैंक दाेलखा जनाएको छ।
दाेलखा जिल्लामा १५ प्रतिशत भाखा नाघेका ऋणीहरू भएकोले सार्वजनिक सुचना जारी गर्न बाध्य भएकाे बैंकका प्रबन्धक दिपक खतिवडा बताए। राष्ट्र बैंकले भाखा नागेका ५ प्रतिशत भन्दा बढी ऋणीहरू भए तत्काल असुली गर्न कृषि विकास बैंकको नियम अनुसार बैंकले याे कदम चालेकाे हाे प्रबन्धक खतिवडाले भने।
सार्वजनिक सुचना जारी गर्नु अघि पटक पटक बैंकले पत्रचार गरेकाे खतिवडाले बताए।
सबै नागरिक हाम्रो लागि समान छन।भाखा नागेकाे ऋणीकाे नाम सार्वजनिक गर्दा कुनै पूर्वाह राखेर काम नगरेकाे कार्यालय प्रमुख खतिवडाले बताए। भाखा नागेका ६८ जना ऋणी मध्ये बाँकी ५६ जनाले सम्पर्क गरिरहेकाे र उनीहरू छिट्टै बुझाउन अाउने खतिवडाले जानकारी दिए।
विगतका दिनमा कृषि विकासले गाउ-गाउँमा शाखा स्थापना गरि विकासका काममा मात्र लगानी गरे पनि अहिले दाेलखा सदरमुकाम चरिकाेटमा मात्र शाखा हुदा फुलफेज कमर्सियल काम गर्दै अाएकाे छ। अहिले चरिकोट शाखाले घर जग्गा निर्माण ,खरिद,रेमिटान्स ,एल सी,टि टि,भिसाकार्ड,माेवाईल बैंकीङ सेवा,ग्रिन कार्ड सुविधा,प्रदान गरेकाे कार्यालय प्रमुख खतिवडाले बताए।उनले भने छिटो छरितो गुणस्तरीय सेवा दिएका छाै।
चुस्त र पारदर्शिता पुर्णरूपमा कृषि विकास बैंक चरिकोटकाे अहिलेकाे टिमले काम गरेकाेमा अाफुहरू सन्तुष्ट रहेकाे कृषि विकास बैंक चरिकोट शाखामा कराेबार गर्ने भि.न.पा-५ का निर्वाचित वडा सदस्य श्रीकृष्ण बस्नेतले भने।
उनी भन्छन् , “बृद्ध भत्ता सहजरूमा यहीँ बैंकले बितरण गर्दै अाएकाे छ,समयमा ऋण असुली गराउन बैंकले चालेको कदम पनि स्वागत याेग्य छ।” ऋण उठाउनु बैंकको कर्तव्य हाे बस्नेतको दावी थियो।
दाेलखा जिल्लामा मात्र २९ करोड, ऋण लगानी गरेकोे कृषि विकास बैंकले जनाएको छ। त्यस मध्ये ५ कराेेड भाखा नाघेका ऋण रहेकोले, एक बर्ष भित्र ८० प्रतिशत असुल्ने लक्ष्य राखेको कार्यालय प्रमुख खतिवडाले जानकारी दिए।
“अागामी दिनमा ऋण लगानी गर्दा कुन प्रयाेजनका लागि ऋण लगानी गर्ने,कस्तो धितो राख्ने,अाम्दानीको स्रोत राम्रो छ वा छैन, हेरेर मात्रै बैंकले कदम चाल्नेछ,” खतेवडाले भने।