कृषि बिकास बैंक चरिकोटको खराब कर्जा उठाउने कार्य त्काल हुन्छ:केन्द्रिय प्रबक्ता पौडेल

 पब्लिक संवाददाता      बिहिबार, पुस २७, २०७४      0

चरिकोट,२७ पुष । कृषि बिकास बैङ्क केन्द्रिय कार्यलयका प्रबक्त्ता हेमलाल पौडेलले चरिकोट उपशाखाको बारेमा बताउँदै बैङ्क सुधारका लागि सम्पर्क गर्न नआएका र पटक-पटक ताकेता गरिएका ऋणिहरुलाई बैङ्कको कानुन शाखाले अध्ययन पुरा गरि कारबाहि प्रक्रिया अगाडी बढाएको बताए।

पौडेलले भने,बैङ्क सुधार गर्न खोज्दा अतिरञ्जित गरियो, बैङ्क सुधार गर्न स्थानियले सहयोग गर्नु पर्ने र बिगतमा बैङ्कमा समस्या देखिन थालेकोले नयाँ ब्यबस्थापनले मनोमानि नगरि नियम भित्र कार्य गरिरहेको बताए। बैङ्कले सुचना प्रकाशित गरेको मितिले २१ दिन भित्र सावाँ ब्याज तिर्न नआउनेको लिलामी प्रक्रियामा लैजाने समेत बताएको छ।

हालै बैङ्कले निक्षेप संकलन गर्न एडिबिएल मुद्धति निक्षेप ११ प्रतिशतमा ब्याज प्रदान गरिरहेको समेत उपशाखाले जनाएको छ। त्यस्तै भाखा नागेको रकम ५ प्रतिशत बढि भयो भने नेपाल राष्ट्र बैङ्कको नियम अनुशार थप कर्जा लगानी गर्न नपाउने प्राबधान रहेको र दोलखामा भाखा नागेको कर्जा लगानी १५ प्रतिशत भन्दा बढि भएपछि हाल चरिकोट उपशाखाले ऋण लगानी गर्न सकेको छैन। बैङ्कले प्रत्येक बर्ष सामाजिक क्षेत्रमा समेत कार्य गरिरहेको बताएको छ। बैङ्कले सामाजिक सुरक्षा भत्ता बितरण गरिरहेको छ भने स्थानियले लालपुर्जा ल्याउँदैमा अब लगानी नगर्ने बताउँदै प्रोजेक्ट बनाएर आए मात्रै लगानी गर्ने बैङ्कले बताएको छ। अब कृषि बैङ्क सुधारको बाटोमा जाने समेत बताएको छ।

त्यसैगरी कृषि बिकास बैङ्क चरिकोट उपशाखाले आफ्नो बैङ्कले ऋण लगानी गर्दा घुस मागेको भन्ने समाचार प्रति आपत्ती प्रकट गरेको छ।
हालै सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै उपशाखाले बैङ्कले सबै ऋणि र दोलखालीलाई सम्मान ब्यबहार गरेको बताउँदै हिजोको दिनमा ग्राहकहरुमा प्रबाह भईरहेको सेवा सुबिधामा थप गुणस्तरिय सेवा दिन थालिएको र कर्जा लगानी मात्रै नभएर निक्षेप संकलन ग्यारेन्टी कारोबार अन्य बाणिज्य बैङ्कहरुले दिने आधुनिक बैङ्किङ सुबिधाहरु जस्तै एसएमएस सेवा ,मोबाईल बैङ्कीङ, भिसा कार्ड जस्ता सेवा दिनेसमेत गरेको बताएको छ। बैङ्कले ऋण नतिर्ने ऋणिहरुको नाम पत्रिका मार्फत तिर्न आउन भनि नाम प्रकाशित गर्दा केहि स्थानियहरुले गलत तरिकाले ब्याख्या गर्दै घुसको कुरा जोडेर बैङलाई बद्नाम गराउने नियत राखेको जनाएको हो।

उपशाखाका प्रबन्धक दिपक खतिवडाले हालै ६८ जनाको नाम पत्रिकामा प्रकाशित गर्दा कसैलाई पुर्बाग्रहि तरिकाले नहेरेको र बैङ्कको नितिनियम भित्रै रहेर कार्य गरिएको बताएका छन्। दोलखामा करिब ३० करोड ऋण लगानी रहेको मध्ये ५ करोड भाखा नागेको रकम भएकाले सोहि रकम उठाउन सम्बन्धित ऋणि ग्राहकहरुसँग भेटघाट, टेलिफोन, चिठ्ठीपत्र मार्फत बारम्बार ताकेता गर्दा समेत ऋणिहरुबाट बैङ्कले सोचे अनुरुप असुली गर्न नसकेको हुँदा बैङ्कको उच्च ब्यबस्थापन बाध्य भएर राष्ट्रियस्तरको पत्रिकामा नाम प्रकाशित गरेको हो।

बैङ्क ब्यबस्थापनलाई नाम प्रकाशित गर्नु रहर नभएर बाध्यता रहेको बैङ्क उच्च श्रोत बताएको छ। बैङ्कले ग्राहकहरुको उच्च सम्मान गर्ने समेत बताएको छ। प्रबन्धक खतिवडाले कुनै ऋणि तथा ग्राहकहरुबाट कुनै खालको रकम नमागिएको र यदि रकम मागिएको प्रमाणित भए कारबाहिको भागिदार हुने बताए। बैङ्कले ग्राहकको पत्रिकामा नाम प्रकाशन तथा कर्जा लिलामीको खर्च ग्राहकबाट नै लिने नियम नेपाल राष्ट्र बैङ्कै रहेको र सोहि निति भित्र रहेर काम गरिएको उपशाखाले बताएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।