पब्लिक संवाददाता
बिहिबार, पुस २७, २०७४
0
काठमाडौं, पुस २७। दस वर्षको अवधिमा इन्धनको खपत ४ गुणाले बढेको छ।
बढ्दो सहरीकरण तथा खपतमुखी अर्थतन्त्रका कारण इन्धनको माग दैनिक बढ्दै गएको आयल निगमले जनाएको छ। निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ मा १ लाख ८ सय ४२ किलोलिटर पेट्रोल खपत भएको थियो। २०७३/७४ मा ४ लाख २ हजार २ सय ७८ किलोलिटर खपत भएको छ।
डिजेलको खपत पनि ह्वात्तै बढेको छ । तथ्यांकअनुसार ३ लाख २ हजार ७ सय ६ किलोलिटर खपत भएको डिजेल २०७३/७४ मा बढेर १२ लाख ९७ हजार ६६ किलोलिटर पुगेको निगमले जनाएको छ।
सवारी साधनको संख्या बर्सेनि थपिदैं गएकाले पनि इन्धनको खपत बढ्दै गएको हो।
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार सवारी साधनको संख्या बर्सेनि एक लाखभन्दा बढीले थपिएका छन् । –कान्तिपुर दैनिकबाट