
काठमाडौँ २६ पुस। कम्पनी रजिस्टार कार्यालयले जलविद्युत कम्पनीको संस्थापक शेयर खरिदबिक्रीमा चलखेल हुन थालेपछि रोक लगाएको जनाएको छ।कार्यालयले आधा दर्जन कम्पनीको संस्थापक शेयर खरीद बिक्रीमा चलखेल भएको भन्दै पब्लिकमा जान रोकेको छ।त्यसमा अधिकांस जलविद्युत कम्पनी छन्।रजिस्टार गीताकुमारी हुमागार्इँले नियामक निकाय नभएको कम्पनीको संस्थापक शेयर खरीदबिक्रीमा चलखेल गरेको पाइएपछि रोक लगाएको बतार्इन्।जलविद्युत कम्पनीको नियामक निकाय छैन।नियामक निकाय नभएकोले धेरै जलविद्युत कम्पनीको संस्थापक शेयर आफुखुशी बिक्री गर्ने पाइएको छ।
उनले नियामक निकाय भएको कम्पनीका हकमा संस्थापक शेयर खरीद बिक्रीमा लचकता अपनाइएको र पब्लिकमा जान समेत कडार्इ नगरिएको स्पस्ट पारिन्।बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीका लागि राष्ट्र बैंक र बीमा समिति नियामक निकायको रुपमा रहेका छन्।उनले पब्लिकमा रुपान्तरित कम्पनी ओटिसी मार्केटमा सूचीकृत हुनेलार्इ समस्या नरहेको बतार्इन्।
ओटिसीमा कारोबार हुने कम्पनीका हकमा लगत र संञ्चालकको पहिचान गर्न सहज बताउँदै उनले ओटीसीमा कारोबार हुने सस्थापक शेयर खरिद बिक्रीमा रोक नलगाइएको बतार्इन्।हुमागार्इँले नियामक निकाय नभएका कम्पनी पब्लिकमा जानुअघि संस्थापक शेयरमा चलखेल गरेको धेरै गुनासो आएपछि कडार्इ गरिएको बतार्इन्।
“गत महिना मात्रै एक इन्भेस्टमेन्ट कम्पनीले चार करोड रुपैयाँको संस्थापक शेयर बिक्रि गरेको तर खरिदकर्ताले संस्थामा लगानी गरेको कुनै आधिकारिक प्रमाण नपाएको कम्पनी रजिस्टारमा गुनासो गरेका थिए। त्यो समस्याको अझै टुङ्गो लागिसकेको छैन” उनले भनिन्।उनका अनुसार पछिल्लो समयमा जलविद्युत कम्पनीको समेत गुनासो आउने गरेको छ।
पब्लिकमा रुपान्तरित कम्पनीका संस्थापकले कम्पनी स्थापना गर्दानै कबोल गरेको शेयर दाखिला नगरी शेयर निष्कासन पूर्वनै गैर व्यक्तिलाई शेयर बिक्री गर्ने गरेको पाएको छ।कार्यालयले केही कम्पनीले संस्थापक शेयरधनीहरुले सर्वसाधारणलाई छुट्याएको शेयर समेत घटाउन निवेदन दिन थालेपछि कानुनी र नीतिगत व्यवस्थाको अस्पस्टता भन्दै कार्यालयले गत कार्तिक १७ गते देखि शेयर खरिद बिक्रीमा रोक लगाएको हो।
कार्यालयका अनुसार आदर मल्टि इन्भेस्टमेन्ट, साहस उर्जा, रैराङ् हाइड्रोपावर, भैरवकुण्ड हाइड्रोपावर लगायतका कम्पनीको शेयर खरीद बिक्रीमा रोक लगाइएको छ।(बिजमाण्डूबाट)