एमालेसंग पार्टी एकीकरण र कांग्रेससंग समृद्धिका लागि कार्यगत एकता हुन्छ: सभासद खड्का

 पब्लिक संवाददाता      बुधबार, पुस २६, २०७४      0

दाेलखा २६ पुस। नेकपा माअोवादी केन्द्र दोलखाका पार्टी सह-इन्चार्ज एवम् दोलखा क्षेत्र नं-१ का निर्वाचित प्रदेश सभा सदस्य विशाल खड्काले बाम गठबन्धनले अब पार्टी एकिकरणमा जोड दिनुपर्ने भनेको छ।
नेपाल कम्युनिस्ट पार्टी (माअाेवादी केन्द्र ) दाेलखाका स्वर्गीय नेता कृष्णप्रसाद दहाल(कृपाश्वर) काे नवाै स्मृति दिवसकाे अवसरमा उनले यो कुरा भनेका हुन।

माक्सवादी विश्व दृष्टिकोण द्वारा लैस नेपालका कम्युनिस्ट पार्टी बिचकाे गठबन्धन हुनु समयकाे माग हाे भन्दै, अब जनादेश अनुसार पार्टी एकीकरण गर्दै मुलसकमा दिगो सरकारको स्थपना गर्नुपर्नेमा उनको जोड थियो।

“चुनावमा हारजित भनेको स्वभाविक हुन्छ, अब समृद्धिका लागि कांग्रेससंग सहकार्य गरेरै अघि बढ्नेछौ” खड्काले भने।
लाखौं कृपाश्वरहरुको बलिदानीले देशमा धर्मनिरपेक्ष संघिय लोकतान्त्रिक गणतन्त्र पुर्ण रुपमा संस्थागत भएकोले अब कुनै प्रक्रारको निरंकुश र अधिनायकवादले टाउको उठाउन नसक्नेमा आफू पुर्ण आस्वस्त रहेको समेत भने।
अब राजनीतिक मुद्दा सकियो, देश विकाको मुद्दा आफ्नो प्राथमिकतामा रहेको समेत बताए।

कृपाश्वर स्मृति दिवसकाे अवसरमा उनकी धर्म पत्नी चित्रकुमारी दहालले उहाँको सपनालाई पुरा गर्नका लागि हरपल लागिपरिरहने प्रतिबद्वता जाहेर गरिन।

कृपाश्वर स्मृति दिवसकाे अवसरमा नेपाल कम्युनिस्ट पार्टी मालेका नेता बद्री कुमार चाैलागाईले सहादत प्राप्त गर्ने अन्तिम अवस्थामा प्रचण्डलाई मेराे परिवार सधैँ पार्टी संगठन लागि रहुन,माअाेवादी क्रान्ति निष्कर्ष पुगाेस, भनेर कृपाश्वरले भनेकाे बताए।

नेपाली कांग्रेसका नेता बर्मा लामाले कृपाश्वर सालिन नेता भएकाेले सबैले उनकाे अनुसरण गर्न अावश्यक रहेकाे बताए। साेही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता शिव प्रसाद भण्डारीले सहिद कृपाश्वरकाे साेचलाई चिर स्थायी बनाउन पार्टी एकता पछि याेजना बनाउने प्रतिबद्वता जाहेर गरे। भण्डारीले मनदेखी नै जिल्लामा नमिले, केन्द्रमा मिलेकाे अाैचित्य नहुने दाबी समेत गरे।

जिल्ला पार्टी इन्चार्ज देवि खड्काकाे अध्यक्षता भएकाे कृपाश्वर स्मृति दिवसमा नेता गाेपाल पाण्डे ,पत्रकार चिरञ्जीवी मास्के ,पत्रकार दीपशंकर चाैलागाई लगाएतले कृपाश्वरकाे याेगदानकाे चर्चामा गरेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।