लाखौंको काममा नोक्सानी पुर्‍याउदै चरिकोटमा दिउँसो बत्ती जानुको कारण त यस्तो पो रहेछ!

 पब्लिक संवाददाता      बुधबार, पुस २६, २०७४      0

चरिकोट २६ पुष। भिमेश्वर नगरपालिकास्थित चरिकोटमा हिजोआज दैनिक बिजुली बत्ती जाने गर्दछ। बिहान ७ वजेदेखि १० वजेसम्म र दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म दोलखा प्रधिकरणले सुचना नै जारी गरेर बत्ती बन्द गरेपछि नियमित बिजुली जाने गरेको छ।

भिनपना – ७ मकैबारी देखि भिनपा-३ गौरीशंकर अनाथ बालगृहसम्म ११ केबीको,कभर कन्डक्टर वायर (cover conductor wire) सहितको बिद्युत प्रसारण लाईन विस्तार गरिरहेको हुदा प्रधिकरणले दिउँसो बिजुली बन्द गरेको जनाएको छ।
दैनिक यसरी बिजुली जादा,चरिकोटका ब्यापार व्यावसायमा भने असर पर्न गएको छ। विजुली बत्तीबाट हुने सबै कामकाज लगभग ठप्प भई दैनि लाखौंको घाटा बेहोर्नु परेको छ। जेनेरेटर हुने एकाधले अत्यावश्यक कामकाज गरेको पाइए पनि अन्यमा शून्य नै देखिन्छ।

बढ्दो आधुनिकीकरण संगै बिद्युतमा भर परेका यहाँका निर्माण क्षेत्रढका मजदुरहरुपनि बत्ती गएको समयमा बेकामे भएर बसेको देखिन्छ।
आज पिलर र बिम भर्ने काम थियो, बत्ती नभएपछि काम गर्न नपाएको मजदुर रामकृष्ण थारुले बताए। उनी घर बनाउने कमको लागि भन्दै डेढ महिना अघि कैलालीबाट चरिकोट आएका हुन।

बत्ती नभए पछि समयमा अर्डर पुर्याउन नसकेकोले आफू धेरै चिन्तित रहेको भि न पा-३ स्थित टसिदेले सिन्की चाउचाउ उद्योगका प्रोपाइटर बुद्धिमान शेर्पाले बताए। दिउँसो बत्ती जाने भएपछि, कामदारहरुलाई राति काम गराउदा सहज नभएको र कामै छोडेर जालान भन्ने डर भएको पनि शेर्पाले भने।

त्यसो त चरिकोटमा बढेको चिसोसंगै इलेक्ट्रिक हिटरहरुबाट न्यानो ताप्नेहरुलाई नि समस्या बढेको छ। सबेरै बत्ती जान थालेपछि हिटरमा खाना पकाउने गृहिणीहरुलाई पनि समस्या थपेकै छ।
दोलखा स्थित नेपाल टेलिकम,एनसेल, स्मार्टसेल लगाएतले पनि जेनेरेटर चलाएरै सेवाग्राहीहरुलाई मोबाइल तथा टेलिफोन सेवा दिईरहेको देखिन्छ।

बिद्युत प्रधिकरणले पुस २५ मै काम सकाउने भने पनि,बिद्युत लाईन बिस्तार कार्य भने अझै दुई/तिन दिन लम्बिने देखिन्छ।

बजार क्षेत्र भएकोले सर्विस केवुल क्रसिङ गर्नमा समस्या अाएकोले काममा ढिला भएको प्रोजेक्ट इन्चार्ज अन्नपूर्ण खेतेवडाले बताए।
एडिबीको सहयोगमा भएको यो कामको ठेक्का ‘सन वर्ल्ड इन्टरनेशनल ग्रुप’ ले लिएको छ।
हावाहुरी लागिरहने चरिकोट बजार क्षेत्रमा,कभर कन्डक्टर वायर (Cover conductor wire) जडान पश्चात्, बजार क्षेत्र सुरक्षीत हुने र हावाहुरीको समयमा बिद्युत जाने समस्या पनि हट्ने प्राधिकरण दोलखाको दावी छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।