पार्टी एकतामा जोड दिदै नेकपा माओवादी केन्द्र दोलखाको  बैठक सम्पन्न,

 पब्लिक संवाददाता      बुधबार, पुस २६, २०७४      0

दोलखा २६ पुस।नेपाल कम्युनिस्ट पार्टी (माअोवादी केन्द्र) जिल्ला संगठन समिति दोलखाको समिक्षात्मक बैठक चरिकोटमा सम्पन्न भएको छ।
पौष २४ देखि सुरुभएको बैठकले केही महत्त्वपुर्ण निर्णय गर्दै पौष २५ मा सम्पन्न  भएको हो।
पार्टी इन्चार्ज देवि खड्का अस्मिताको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले बाम गठबन्धन,तिनले हासिल गरेको परिणाम र बाम गठबन्धनले जनतामा गरेको बाचालाई कार्यान्वयनमा जोड दिएको थियो। बिशेष त पार्टी एकता र भावी रणनीतिमै बैठक केन्द्रित थियो। बैठकले निर्माण सामाग्रीमा बढेको भाउ प्रति पनि ध्यानाकर्षण गरेको छ।
बैठकले लिएकामहत्त्वपूर्ण निर्णयहरु यस्तो छ:

*मुलुकले हिड्नुपरने अबको बाटो भनेको समृद्धिको ह‍ो।आजको दुनियाँमा सामाजिक न्याय सहितको समृद्धि हुनुपर्छ। असमानपूर्ण समृद्धिले सम्पन्न मुलुकले बेहोर्नुपरेको द्वन्द र असमानताबाट पाठ सिकेर अब हामीले सामाजिक न्याय सहितको समृद्धि बिकास गर्नुपर्ने भएको छ। सिद्धान्त सामाजिक न्याय सुरक्षित भएको समृद्धि तथा सुन्दर संसारको परिकल्पना माक्र्सवादी बिचारले गर्छ। यसर्थ माक्र्सवादी बिश्व  दृष्टिकोणद्वारा लैस नेपालका कम्युनिस्ट पार्टीबिचको गठबन्धन हुनु समयको माग हो,अहिलेको आवश्यकता हो।त्यसैले यस चुनावी गठबन्धनलनई यथाशीघ्र पार्टी एकतामा बदल्न ढिला गर्नु हुन्न भन्ने बैठकको निश्कर्ष रहेको छ।
* निर्वाचनलनई बामगठबन्धनको पक्षमा परिणाम हात लगाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सबै तहका संगठनहरू तथा सहयोग गर्नुहुने सबै परिवर्तनकामी दोलखाली मतदाताहरुलाई धन्यवाद ज्ञापन गरिन्छ र निर्वाचित कमरेडहरुलाई बधाई सहित सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरिन्छ।
*निर्वाचनको क्रममा सकारात्मक एवं नकारात्मक एवं भुमिका खेल्ने सबे कमरेडहरुको उच्च सम्मान गरि केही शंकास्पद भूमिकामा रहेकाहरूलाई स्पष्टीकरण लिने निर्णय गरिएको छ।
*निर्वाचन सम्पन्न भए लगत्तै निर्माण एवं पुनःनिर्माण कार्यलाई  नकारात्मक असर पुर्याई, जनताको ढाडनै सेक्ने गरि पेट्रोलियम पदार्थ र निर्माण सामाग्रीमा  आकासिँदो मूल्य वृद्धि भएको प्रति गम्भीर छलफल भयो र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भयो। जनतामारा मूल्यवृद्धि तुरुन्त फिर्ता लिई जनताको निर्माण कार्यलाई सुगम बनाउन जोडदार माग गर्ने निर्णय गरियो।
*निर्वाचन अघि सञ्चालित “रीतबहादुर-कृपाश्वर स्मृति संगठन  सदृढिकरण अभियान २०७४” को अधुरो यात्रा पूरा गर्न त्यस अभियानको दुई महिने समयावधि थप गर्ने निर्णय गरियो। जुन अभियान माघ र फागुन महिनाभरि सञ्चालन गर्ने गरि ठोस गरियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।