केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक जाने

 पब्लिक संवाददाता      मङ्लबार, पुस २५, २०७४      0
फाईल तस्बिर

काठमाडौं, पुस २५।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्यान्डको बैंकक जाँदैछन्।

उनी बुधबार मध्याह्न साढे १२ बजे थाइ एअरवेजबाट बैंकक जाने तय भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनकाअनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनेछन्।

सचिव ज्ञवालीले ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जानेछन्।

मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक जाने गरेका छन्।

निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उनी बैंकक जान लागेका हुन्। निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भएपनि निर्वाचनको कारणले उनी जान सकेका थिएनन्।

स्वास्थ्य परीक्षण गराइ उनी माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी गराए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।