दोलखा, २५ पुस। करिब डेढ वर्ष अघिदेखि आफैले खुत्रुकेमा जम्मा गरेको पैसा निकालेर दोलखाको भिमेश्वर नगर पालिका वडा नं.७ का युवा समाजसेवी राजन बस्नेतले नजिकैको विद्यालयमा पढ्ने ३० जना अनाथ, अभिभावक विहीन, विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई झोला वितरण गरेका छन् ।
विभिन्न समाजिक कार्यमा संलग्न बस्नेतले आफूले बालबालिकाको लागि केहि गर्न सकियोस भनेर नै खुत्रुकेमा पैसा जम्मा गर्ने गरेको बताए । बालबालिका तथा युवाहरुको विकासमा सक्रिय बस्नेतले खुत्रुके मा बिगत डेढ बर्ष देखि जम्मा गरेको पैसाले बालबालिकाहरुलाई झोला बितरण गरेको वडा अध्यक्ष कैलाश कुमार श्रेष्ठले बताए ।
झोला खरिद गर्न खुत्रुके फुटाएर नपुगेको भन्दै बस्नेतले आफूले विभिन्न बैठकमा सहभागी भएबापत पाएको भत्ता तथा तालिममा सहभागी भएबापत पाएको भत्ता समेत खर्चेर झोला खरिद गरेको बताए ।
‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७३’ बाट समेत सम्मानित भइसकेका बस्नेत ‘उज्यालो भविष्य सस्था’ दोलखाको सस्थापक अध्यक्ष ‘जिल्ला बाल सन्जाल’ दोलखा सस्थापक अध्यक्ष ‘राष्ट्रिय बाल संरक्षण नेपाल’ का संयोजक समेत भैसकेका बस्नेत ‘बालमैत्री दोलखा’ बनाउने अभियानमा सक्रिय छन्।