पब्लिक संवाददाता
सोमवार, पुस २४, २०७४
0
काठमाडौं २४ पुस। सर्वोच्च अदालतले प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।
सर्वाेच्चले अवहेलना मुद्दामा डा. केसीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। न्यायाधीश डम्बरबहादुर शाहीको सोमबारको इजलासले डा. केसीलाई मंगलबार विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ।
डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताउँदै आमरण अनसन सुरु गरेका छन्। उनले सोमबारबाट आमरण अनसन सुरु गरेका हुन्। उनको यो भनाइलाई लिएर सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा. केसीविरुद्ध अदालतको अवहेलनासम्वन्धी मुद्दा हालेका थिए।