चरिकोट २३ पुस।भिमेश्वर नगरपालिका लाई बालमैत्रि नगर निकट भविश्यमा घाेषणा गर्ने उदेश्य का साथ अाज सिर्जनशील समाज नेपाल र उज्यालो भविष्य नामक संस्थाले बाल अभिमुखिकरण कार्यक्रम सदरमुकाम चरिकोटमा सम्पन्न गरेका छन।
भिमेश्वर नगरपालिका का उप प्रमुख कमला बस्नेतले बालमैत्रि नगर घाेषणाका लागि धेरैवटा बालमैत्रि सुचकहरू पुरा गर्नु पर्नेभएकाेले सुचक पुरा गराउन अहाेरात्र लागि रहेको बताइन्।
भिमेश्वर नगरपालिकाकाे अायाेजना र युनिसेफकाे अार्थिक सहयाेगमा नगरका ३० जना बालबालिकाकाे सहभागिता रहेकाे छ। बालमैत्रिसुचक सम्बन्धि अभिमुखीकरण कार्यक्रम मा सिर्जनशिल समाज नेपालका उपाध्यक्ष भुवन रायमाझी र उज्यालाे भविष्य का अध्यक्ष राजन बस्नेत ले सहजिकरण गरेकाछन।
करूणा चाैलागाई काे अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा महिला तथा बालबालिका कार्यलयका प्रमख मिना पाैड्यालले समाज सम्वृध हुनकाे लागि बालबालिका काे चेतनाकाे विकासलाई हेरिने भएकाले बालमैत्रि समाज अहिलेकाे पहिलो खुट्किलाे भएकाे बताइन्।
भिमेश्वर नगरका ९ वटै वडाका नेतृत्व गर्ने बालबालिका काे सहभागीता रहेको उज्यालो भविष्य का अध्यक्ष बस्नेतले बताएकोछ।