पब्लिक संवाददाता
शुक्रबार, पुस २१, २०७४
0
चरिकोट, २१ पुस । काठमाडौंबाट दोलखा अाउँदै गरेको ज १ च १२५४ नम्बरको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा परी एम्बुलेन्स चालक दोलखा खारेका २४ वर्षीय रामृष्ण बुढाथोकी र दोलखाकै ५० वर्षकी लक्ष्मी बुढाथोकी घाइते भएका छन् ।
काठमाडौंबाट दोलखाको सिँगटीका लागि अाउँदै गरेेेकाे एम्बुलेन्स काभ्रेपलान्चोकको धुलिखेल नगरपालिकामा सडकमा गुड्दै गरेको अवस्थामा ब्रेक फेल भएर अनियन्त्रित भई दुर्घटना भएको हो। एम्बुलेन्स सडकबाट सय मिटर तल खसेको छ।
दुर्घटनामा परि घाइते चालकको टाउकोमा गहिरो चोट लागेको हुदा,चालक बुढाथोकीको अवस्था गम्भिर रहेको छ।
घाइते दुवैको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ।