काठमाडौं २०पुस। एमालेहरु झूटको खेती गर्न कति माहिर छन् भन्ने कुरा खोज्नकको लागि धेरै टाढा जानै पर्दैन।
कुनै एमाले सांसद्लार्इ तपार्इँले के के गर्नुभयो भनेर सोधियो भने उनीहरुले आफ्नो जिल्लामा भएका जति सबै काम आफ्नै कारणले भएको बताइदिन्छन् । यही एमाले सांसद्को चरित्रत् पछिल्लो समय देखाएका छन् गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले।
अहिले चुनाव सकिएपछि पनि गुल्मी क्षेत्र नं २ मा भने काँग्रेस र एमालेबीच जुहारी चलिरहेको छ । काममा जस लिने होडका कारण अहिले आ आफूले गरेको कामको प्रमाण देखाउने क्रम जारी छ।
केहि दिन अगाडि सांसद गोकर्ण विष्टले विजय भएको २० दिनमा आफ्नो चुनावी प्रतिवद्धताको बारेमा जानकारी दिने कार्यक्रम राखेकका थिए। उनले आफ्नो प्रतिवद्धता सुनाउँदै गर्दा आफूले अघिल्लो कार्यकालमा गरेका कामको बारेमा पनि धेरैले जिज्ञाशा राखे । त्यो बेलामा विष्टले गुल्मीमा भएका जति अधिकांश कामहरु आफूले नै गरेको भनेपछि नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन नै गरेर त्यसको भत्र्सना गरेको छ।
नेपाली कांग्रेसवाट निर्वाचित पूर्व सांसद चन्द्र भण्डारीको मिति २०७१ जेठ १ गतेको माग पत्रलार्इ २०७१ जेठ ११ मा तत्कालीन सिंचाई मन्त्री एनपि साउदको तोक आदेशबाट राष्ट्रिय योजना आयोग मार्फत ठुलो चेक्मी लिफ्ट सिंचाई योजनाको नाममा आर्थिक वर्ष ७१/७२ को नेपाल सरकारको रातो किताव मार्फत क्रमागत योजना सार्वजानिक गरी त्यसको सम्पूर्ण डिपिआर तयार भएको थियो।
९५ लाख ६७ हजार ३ सय रुपैया बराबरको केहि दिन भित्रै टेण्डर पक्रियाबाट काम सुरु हुने योजनालाई राजनैतिक रंग दिइ विष्टले कुनै श्रोत नखुलेको सोलार पाता र ९० मिटर पाइप वितरण गरि आफुले नै योजनाको परिक्षण गरेको भन्दै विकासका योजनामा भ्रम श्रृजना गरेको भन्दै नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन मार्फत पर्दाफास गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले यो एक उदाहरण मात्र भएको बताए। क्षेत्रीय सचिव खड्काले विष्ट कै गाउँ दोहोली लगाएत आफू निर्वाचित भएका ठाउँमा थुप्रै अभाव भएपनि आफूलाई विकासे नेता भन्दै हिडेको आरोप समेत लगाए। अहिले दोहोलीमा नै खानेपानीको चरम समस्या छ।
नेता पन्थीले नेपाल सरकारबाट नियमित काम हुँदै आएका क्रमागत योजनालाई ढाकेर श्रोत नखुलाएका दुर्इ चार थान सोलार पाता र पाइपले ती क्रमागत योजना ढाक्न खोज्नु जनताको हित विपरित र भ्रम छर्ने नियत भएको उनीहरुको बुझाइ छ। नेपाली कांग्रेस गुल्मीका उप सभापति विष्णु वलालले उक्त योजना पूर्व माननीय भण्डारीकै पहलमा नेपाली कांग्रेसको नेतृवमा भएका सप्रमाण समेत प्रस्तुत गरेका थिए। यति ठुलो योजना कांग्रेसको पूर्ण संलग्नतामा सुरु हुन लागेको र त्यसको राजनैतिक लाभ कांग्रेसले उठाउन सक्ने आशंका गर्दै यस्तो निन्दनीय कार्य माननीय गोकर्ण विष्टले गरेको उप सभापति विष्णु बलालले बताए।
(हाम्राकुरा डट कमबाट)