‘कांग्रेससँग तालमेल गर्नु नै पराजयको कारण’

 पब्लिक संवाददाता      बिहिबार, पुस २०, २०७४      0

काठमाडौं, २० पुस। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन्।

पार्टी प्रवक्ता भुवन पाठककाअनुसार बैठकमा बोलेका नेताले प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थानमध्ये पाँच स्थानमामात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम् मतसीमा प्राप्त गर्न नसकेको विचार व्यक्त गरे।

बुधबारदेखि जारी बैठकमा अहिलेसम्म ५८ नेताले धारणा राखेको र केही नेताले बोल्न बाँकी रहेकाले शुक्रबार बिहान ९ बजेसम्म बैठक स्थगित गरिएको छ।

पार्टी विभाजन तथा आन्तरिक कलहका कारणले पनि जनताले पार्टीप्रति विश्वास कम गरेको र विभिन्न शीरामा विभाजित राप्रपामा मत बाँडिएको, पछिल्लोपटक पार्टी सरकारमा सहभागी हुनुका कारण पनि पराजय भोग्नुपरेको समीक्षा गरिएको छ।

सबै नेताले धारणा राखेपछि पार्टी अध्यक्ष कमल थापाले शुक्रबार जवाफ दिने कार्यक्रम तय गरिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।