पब्लिक संवाददाता
बुधबार, पुस १९, २०७४
0
काठमाडौं, १९ पुस। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धनलाई कसैले विभाजन गर्न नसक्ने दाबी गरेका छन् ।
बुधबार रिपोर्टस् क्लबले राजधानीमा गरेको साक्षात्कारमा उनले ‘वाम गठबन्धन तोड्ने भन्दै कुर्लिंदै हिँड्नेहरुले केही गर्न सक्दैनन्’–भने ।
उनले नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको कार्यव्यस्तताका कारण एकता वार्तामा ढिलाइ भएको बताए।
दुवै पार्टीले व्यावहारिकरुपमा आफूलाई अघि बढाएको भन्दै उनले प्रधानमन्त्री को बन्ने भन्ने विवाद नहुने जिकिर गरे।
यस्तै, नेता नेपालले कम्युनिष्टहरुलाई संगठन निर्माण गर्ने कुरामा कसैले सिकाइरहनु नपर्नेसमेत बताए।