अव के हुन्छ सिलवालको सांसद पद ?

 पब्लिक संवाददाता      बुधबार, पुस १९, २०७४      0

काठमाडौं १९ पुस।नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ।
यो संगै जनमानसमा सिलवालको संसद पद के हुन्छ भन्ने लाग्नु स्वभाविक हुन आउँछ।
कानुनविद्का अनुसार सिलवालको सांसद पद प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै आधारमा जाँदैन। यसका लागि अदालतमा मुद्दा दर्ता हुनुपर्छ। अधिवक्ता डा. भीमार्जुन आचार्यले सिलवाल पक्राउ भएलगत्तै सांसद पद नजाने बताए। ‘प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गर्न सक्छ। यही आधारमा सिलवालको सांसद पद जाँदैन। अदालतमा मुद्दा दर्ता भयो भने उनको सांसद पद निलम्बनमा पर्छ,’ उनले भने। अदालतबाट दोषी ठहर नभएमा उनको सांसद पद पुनः फिर्ता हुने आचार्यको भनाइ छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।