तेहरान, १८पुस। इरानको न्यायालयले केही दिनदेखि जारी आन्दोलनका क्रममा हिंसात्मक गतिविधिमा सहभागी भएको पाइएमा कडाभन्दा कडा जरिवाना हुने जनाएको छ ।
इरानीको तास्निम न्यूज एजेन्सीले न्यायालयलाई उद्धृत गर्दै आन्दोलनका क्रममा हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको जनाएको छ।
गृहमन्त्रालयद्वारा हिंसात्मक गतिविधिलाई वढावा दिन भेला नहुन गरिएको आदेशपछि ठूलो संख्यामा प्रदर्शनकारी पक्राउ भएका छन् । पक्राउ परेका आन्दोलनकारीले हिंसात्मक गतिविधि गरेको पुष्टि भएमा उनीहरूले कडा सजाय भोग्नुपर्छ, तेहरानको क्रान्तिकारी न्यायालयका मौसा कजानफरावादीलाई उद्धृत गर्दै तास्निमले उल्लेख गरेको छ।
इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या विगत पाँच दिनमा २२ पुगेको छ । राष्ट्रपति हसन रौहानीले भने कानून मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले कडा प्रतिवाद गर्ने बताएका छन्।
मूल्यवृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुदै गएपछि हालसम्म सयौँ प्रदर्शनकारी पक्राउ परेका छन्। एजेन्सी