राष्ट्रियसभाको निर्वाचन माघ२५गते हुनेगरी मिति तोकिने

 पब्लिक संवाददाता      मङ्लबार, पुस १८, २०७४      0

काठमाडौं,१८ पुस। सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने तयारी गरेको जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्नेबारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

सो भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रियसभाको निर्वाचन माघ २५ गते गर्नेगरी मिति घोषणा गर्न उपयुक्त हुने सुझाव दिएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले राससलाई जानकारी दिए।

सो अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगकै परामर्शबमोजिम माघ २५ गते निर्वाचन हुनेगरी मिति तोकिने जानकारी गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।