जलेश्वरस्थित स्माइल एन्ड रेष्टुरेन्टमा मध्यराती छापा, ६ महिला र ११ पुरुष पक्राउ

 पब्लिक संवाददाता      मङ्लबार, पुस १८, २०७४      0

महोत्तरी, १८ पुस। जिल्ला प्रहरी कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरस्थित एक होटेलमा मध्यरात छापा मारी संचालकसहित ६ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरूको बयान लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। सदरमुकाम जलेश्वरस्थित होटल स्माइल एन्ड रेष्टुरेन्टमा गोप्य सुचनाको आधारमा प्रहरीले सोमबार राति साढे १० बजे छापा मारेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित प्रमुख तथा प्रहरी नायव उपरिक्षक बालकृष्ण पोखरेलले होटेलमा आपत्तिजनक कार्य हुँदै गरेको गोप्य सुचनाको आधारमा रेड हानिएको र उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

उनले पक्राउ परेका अधिकांश पुरुष भारतीय नागरिक भएको बताए।

भारतीय नागरिकहरू नयाँ वर्ष मनाउन नेपाल भित्रिएको र तीमध्ये केही अनैतिक क्रियाकलापमा संलग्न भएको सूचना पाएपछि छापा हानिएको प्रहरीको भनाइ छ।

छापा हान्न प्रहरी पुग्दा होटलको मुख्यगेट बन्द थियो। प्रहरीले खोल्न आग्रह गरे पनि लामो समयसम्म खोलिएको थिएन। प्रहरीले धेरैबेरको अथक प्रयासपछि गेट खोलेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।